१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

गण्डकी प्रदेशमा थपिए २४ कोरोना संक्रमित

६ असोज, काठमाडाैँ ।  गण्डकी प्रदेशमा मंगलबार थप २४ जना कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्लामा थप २४ काेराेना संक्रमित भेटिएका हुन्।

बागलुङमा १ जना, कास्कीको पोखरा महानगरपालिकाका ८ जना, पर्वतको कुश्मा नगरपालिकाका ३ जना, तनहुँको ऋषिङका ४ जना र शुक्लागण्डकीका २ जना, लमजुङको बेसीसहरका ५ जना र मर्स्याङ्दीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ३ हजार ५ सय ३ पुगेको छ।

प्रकाशित मिति : September 22, 2020 at 4:21 pm