१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

राष्ट्रपति भण्डारीद्धारा ‘हिमचितुवा’को निधनमा दुःख व्यक्त

५ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।


दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : September 21, 2020 at 5:50 pm