१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण

५ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ६७४ जनामा कोरोना संक्रमित । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा मात्रै ५३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । तीमध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ८ हजार ६९० होम आइसोलेशनमा रहेका छन् । यस्तै कुल काेराेना संक्रमितको संख्या ६४हजार १२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १००५जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म काेराेना संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

प्रकाशित मिति : September 21, 2020 at 5:04 pm