कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
५ असाेज, काठमाडाैँ । बितेको २४ घण्टामा काेराेना संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४२७ पुगेको छ ।
मृत्यु हुनेमा झापाका १ जना पुरूष, सुनसरीका १ जना, पर्साका १ जना, भक्तपुरका २ जना, काठमाडाैँका २ जना, मकवानपुरका १ जना पुरूष रहेका छन् ।त्यस्तै मकवानपुरकी १ महिला, ललितपुरकी १ महिला, १ परूष, चितवनका १ पुरूष, दाेलखाकी १ महिला, रूपन्देहीका १ पुरूष र बाँकेका २ पुरूष रहेका छन् । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ३ महिला र १३ पुरूषगरी १६ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १६:४९