१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित थपिए, १००५ कोरोनामुक्त

५ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । तीमध्ये ८ हजार ९२१  जना संस्थागत आइसोलेशनमा र ८ हजार ८ हजार ६९० होम आइसोलेशनमा रहेका छन् । यस्तै कुल काेराेना संक्रमितको संख्या ६४हजार १२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १००५जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म काेराेना संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

प्रकाशित मिति : September 21, 2020 at 4:27 pm