१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिए, ९६६ कोरोनामुक्त

३ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् । यस्तै  कुल काेराेना संक्रमितको संख्या ६४हजार १२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा  ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म काेराेना संक्रमणमुक्त हुनेको  संख्या ४६ हजार २३३ जना पुगेको छ । यसैबीच बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।

प्रकाशित मिति : September 20, 2020 at 4:32 pm