कर्मचारी बलात्कार गर्ने प्रशासकीय अधिकृत उपाध्याय पक्राउ
४असोज, कैलाली । बलात्कारको आरोपमा कैलाली प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकामा प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय रहेका छन् । २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको हाे ।

महिलाले उपाध्यायविरुद्ध जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ। उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 20, 2020 at 3:24 pm



