१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्नेः सर्तक रहन आग्रह

४ असोज, काठमाडौँ । भोलि बेलुकीदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । भोलि पूर्वबाट पानी पार्ने केही प्रणाली नेपाल प्रवेश गर्न लागेकाले पानी पर्ने क्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार भोलि बेलुकी प्रवेश गर्ने प्रणाली देशभरि नै फैलिएर यो हप्ता पानी पर्ने क्रम बढ्ने देखिएको हो ।

केही ठाउँमा भने ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको पनि जोखिम बढ्ने देखिएको छ । आज देशभरिकै मौसम आंशिकदेखि सामन्य बद्ली भएर थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए । आज राति पनि देशभर आंशिकदेखि सामान्य बद्ली रहेर प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : September 20, 2020 at 11:32 am