१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

४ असाेज, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापवाला सुन प्रतितोला ९७ हजारमा कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय निर्धारण गरिएको छ ।


त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ३३० मा कारोबार भएकोमा आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार ११:०५