पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप ११ जनाको मृत्यु
३ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप ११ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।

यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्यान गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
प्रकाशित मिति : September 19, 2020 at 4:28 pm



