काेराेना संक्रमणबाट बुटवलमा थप १ पुरुषको मृत्यु
३ असोज, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा थप १ पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको काेराेना संक्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

भदाै २२ गतेदेखी आईसियुमा राखेर उपचारकाे क्रममा आज मृत्यु भएको हाे ।उनिमा कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।
प्रकाशित मिति : September 19, 2020 at 9:55 am



