ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि
२ असाेज, काठमाडौँ । ऊर्जामन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । शुक्रबार गरिएको स्वाब परिक्षणमा एक अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका छन् ।

अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने प्रेस संयोजक भट्टले जानकारी दिए ।
प्रकाशित मिति : September 18, 2020 at 8:08 pm



