कैलाली एफएममा कार्यरत पत्रकार निर्मला जंगलमा मृत फेला
२ असोज, काठमाडाैँ । कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका–४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको–५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

पहराई सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन् । प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन भएकी थिइन् । प्रहरीले घटनास्थलमा पुगेर शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : September 18, 2020 at 4:30 pm



