पशुपति शर्मा र बालगायिका आयुषा केसीको स्वर रहेकाे गीत ‘आउने कि नआउने दाइ’ सार्वजनिक
२ असाेज, काठमाडाैँ । गायक पशुपति शर्माको स्वरमा रहेको दशैँ तिहार गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको ‘आउने कि नआउने दाइ’ बोलको गीतमा पशुपति शर्मासँगै सरिता कार्की र बालगायिका आयुषा केसीको स्वर रहेकाे छ। जीवन प्याकुरेलको शब्द तथा लय समेटिएको गीतमा विनोद पराजुलीकाे संगीत रहेकाे छ। गोरखा चौतारी म्युजिकले उत्पादन तथा वितरणको जिम्मा लिएको गीत बसन्त पोखरेल (विवश) र सुनिल पोखरेलको निर्माणमा सहयोगमा बनेको हो।

परदेशमा रहेको दाजु र गाउँघरमा रहेकी दुई बहिनीबीचको बिछोडको मर्मलाई गीत समेटिएकाे छ। गीतमा परदेशीको पीडासँगै कोरोना भाइरसका कारणले परेको समस्याको पक्षलाई पनि देखाउन खोजिएको छ। स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको भिडियोमा सुनिल लामिछाने, करिश्मा ढकाल, आयुषा गौतम, हिरण्य पोखरेल, बसन्त पोखरेल र कुलबहादुर ओलीको अभिनय छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई शिव पौडेलको सम्पादन गरेका हुन्। भिडियो पोस्ट प्रोडक्सनको काम उमङ्ग फिल्म्सले गरेको छ ।
प्रकाशित मिति : 12:30









