प्रदेश १ मा पछिल्लो २४ घण्टामा थपिए १७१ काेराेना संक्रमित
१ असोज, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ५० जना महिला र १२१ जना पुरुष रहेका छन् । ती मध्ये मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा एक /एक र प्रदेश बाहिरका तीन जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी विराटनगरमा सो अवधिमा ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

ती मध्ये १५ जना महिला र ५० जना पुरुष छन् । याे प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार २७१ पुगेको छ । आज ४३ जना सहित २ हजार २३९ जना कोरोनाबाट मुक्त भइ घर फर्किसकेका मन्त्रालयले जनाएको छ । हालसम्ममा एक लाख १३ हजार २२० जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : September 17, 2020 at 8:59 pm



