१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित

१ असाेज, काठमाडाैँ । बिहिबार काठमाडौँ उपत्यकामा ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५०७, ललितपुरका ६१ र भक्तपुरका ५० जनालाई कोरोना पुष्टि भएको हाे ।

आज देशभर १२४६ जनालाई कोरोना पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ६७३ जना पुगेको छ । जसमध्ये ४२ हजार २४९ उपचारपछि निको भएका छन् भने ३८३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोरङकी ६४ वर्षकी महिला, काठमाडौंका ८७ वर्षका पुरुष, चितवनकी ३६ वर्षकी र कैलालीकी ५७ वर्षकी महिला रहनुभएको छ ।

प्रकाशित मिति : September 17, 2020 at 4:48 pm