गुणस्तर बमोजिम उत्पादन नहुँदा काठमाडौँ स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज
२२ जेठ, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ ।विभागमा आज बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिनुभयो ।
उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका आठ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डण्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धा्रित मापदण्डभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो ।
प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १४:२८