१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित, संक्रमितको संख्या ३२०६ पुग्यो

१ असोज, पोखरा । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशका ५ जिल्ला कास्कीका ८ जना, तनहुँका ४ जना, गोरखाका २ जना, वागलुङका ४  जना र नवलपरासीका १२ जना रहेका छन् । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २०६ पुगेको छ ।

प्रकाशित मिति : September 17, 2020 at 4:09 pm