मुख्यमन्त्री राईमाथि अंश मुद्दा हाल्ने युवतीद्धारा अदालतमा दिएको बयान फिर्ता
३१ भदौ, काठमाडौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईमाथी अंश मुद्दा हाल्ने युवतीले अदालतमा दिएको बयान फिर्ता लिएकी छिन् । उनले अन्य व्यक्तिको उक्साहटमा लागेर आफुले राईमाथी आराेप लगाएको स्विकार गरेकी छन् ।
राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी हुन्। राईले विगतदेखी नै आफुमाथी अन्याय भएकाे भन्दै पार्टीभित्रै छानविनको माग गर्दै आएका थियो ।

युवतीको निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौँले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

प्रकाशित मिति : September 17, 2020 at 10:38 am



