५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चितवनमा पुस्तक व्यवसायीको सिण्डिकेट, महंगोमा बेच्न नपाएपछि बिक्री भएकाे पुस्तक पनि जफत

२२ जेठ, चितवन । उपभोक्ताले सहुलियतमा खरिद गरेर ल्याएको पुस्तक चितवनका पुस्तक व्यबसायीले जफत गरेका छन् । आफूले भारी छुटमा खरिद गरेर उपभोक्तालाई प्रिन्ट मुल्यमा बिक्री गर्दै आएका यहाँका ब्यबसायीले उपभोक्ताले सहुलियतमा खरिद गरेर ल्याएको पुस्तक जफत गरेर राखेका हुन् । सस्तोमा उपभोक्ताले पब्लिकेशनबाट खरिद गर्न नहुने र आफ्नै पसलबाट मात्रै खरिद गर्नु पर्ने भन्दै सिण्डीकेट लगाएर किताव कब्जामा लिएका छन् ।

चितवनका पुस्तक ब्यबसायीको चरम सिण्डीकेटका कारण शैक्षिक सस्थाले खरिद गरेर ल्याएको करिब २ हजार भन्दा धेरै पुस्तक नियन्त्रणमा लिएको अनेरास्ववियु चितवनका पूर्व अध्यक्ष देव पाठकले जानकारी दिनुभयो । पब्लिकेशनबाट सिधै उपभोक्ता तथा शैक्षिक सस्थाले सहुलितमा किनेर ल्याएको पुस्तक यसरी किन्न नपाउने भन्दै कब्जा गरेपछि उपभोक्ता मारमा परेका छन् । सिण्डीकेटका कारण चितवनका उपभोक्ता ठगिदै आएका छन् ।

फाइल फोटो ।

यहाँका पुस्तक ब्यबसायीले पब्लिकेशनबाट ४५ देखि २७ प्रतिशत छुटमा किताब किनेर ल्याएपनि उपभोक्तालाई १ प्रतिशत पनि छुट दिने गरेका छैनन् । केही महिना अगाडिसम्म यहाँका ब्यबसायीले ५ देखि २० प्रतिशतसम्म छुट दिने गरेका थिए । तर आहिले प्रिन्ट मुल्यमा नै बिक्री गर्दा उपभोक्ता ठगिएका हुन् । छुट दिनको लागि उपभोक्ताले दवाब दिदा मात्रै यस अगाडि छुट दिने गरेका थिए । तर अहिले यहाँका सबै व्यवसायीले प्रिन्ट मुल्यमा बिक्री गर्दै आएका छन् ।

जिल्लाका पुस्तक ब्यबसायीले छुटमा पुस्तक नदिएपछि जिल्लाका शैक्षिक सस्था तथा उपभोक्ताले पब्लिकेशनबाट सिधै खरिद गरेका थिए । त्यसरी खरिद गरेको पुस्तक ट्रान्सपोर्ट मार्फत जिल्लामा आउदा बीच बाटोमा जफत गरेर राखेका छन् । चितवन जिल्ला बाहेक अन्य जिल्लामा यस्तो समस्या नभएको काठमाण्डौ स्थित एक पब्लिकेशनका सञ्चालकले जानकारी दिए । शैक्षिक सस्थाले आफैले खरिद गरेर लैजान सक्छ उनले भने चितवन बाहिरका सबै जिल्लामा हामीले पुस्तक पठाएका छौ तर यस्तो समस्या छैन ।

हामीले एउटा पुस्तकमा ४५ देखि २७ प्रतिशतसम्म छुट दिने गर्दछौ । यो छुट उपभोक्ता र ब्यबसायी सबैलाई हो । अन्य जिल्लाका ब्यबसायीले उपभोक्तालाई छुट दिएर बिक्री गरेका छन् उनले भने यस्तो समस्या छैन तर चितवनमा समस्या आयो । पुस्तक ब्यबसायी चितवनका उपाध्यक्ष विपि पौडेलले भने उपभोक्ताले सिदै पब्लिकेशनबाट खरिद गर्न पाइदैन हामीबाट मात्र खरिद गर्नु पर्दछ । यस्तो नभए हामी छाड्दैनौ ।

उपभोक्ताले सहुलियतमा खरिद गर्न पाउने अधिकार कुण्ठित गरी यहाँका पुस्तक ब्यबसायीले पुस्तक जफत गरे पछि विरोध भएको छ । उपभोक्ताले जहाँ सस्तो पाउछ त्यहाँबाट खरिद गर्न पाउने अधिकार छ पुस्तक व्यवसायीको यस्तो घृणित कार्यको हामी विरोध गछौ उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने ।

पुस्तक व्यवसायीको सिण्डीकेटको हामी शसक्त विरोध गछौ यस्तो कही नभएको सिण्डीकेट यहाँ लागु गर्न पाइदैन । उपभोक्तालाई ठगी गर्छु भनेर जफत गर्न पाइदैन । विद्यार्थी नेता देव पाठकले भने पुस्तक व्यवसायीको कार्यशैली नियम विपरित भएकाले उनीहरुलाई प्रशासनले नियन्त्रणमा लिनु पर्ने बताए । यस विषयमा विद्यार्थी संगठनले आवाज उठाउन सवैमा अनुरोध गरे ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १२:५४