१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

अख्तियारका पहिलो प्रमुख आयुक्त अनिरुद्रप्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन

३१ भदाै, काठमाडाैँ । अख्तियारका पहिलो प्रमुख आयुक्त अनिरुद्र प्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । सिंहको मंगलबार राति आफ्नै निवासमै निधन भएको परिवारले जनाएको छ । सिंह पछिल्लो समय निमोनियाबाट ग्रस्त रहेका थिए ।

२०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त भएका सिंहले १० वर्ष अर्थात विक्रम संवत २०४३ सालसम्म अख्तियारको नेतृत्व सम्हालेका थिए । सिंह पूर्वमन्त्री समेत हुन । उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीश र लोकसेवा आयोगको पूर्वअध्यक्ष समेत हुन ।

प्रकाशित मिति : September 16, 2020 at 10:08 am