१७ घण्टापछि खुल्यो नारायणगढ मुग्लिङ सडक
३० भदाै, चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड करिब १७ घण्टापछि सुचारु भएको छ । सोमबार राति १० बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको सडक खण्ड दिउँसो २.३० बजेबाट खुलेको हो । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत ईच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलो नजिक सोमबार बिहान ८ बजे पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक सोमबार बेलुका ६ बजे एकतर्फी सूचारु भएकोमा राति १० बजे पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । चारकिलो नजिकको पहिरो हटाइएपनि उक्त सडकखण्डको विभिन्न स्थानमा साना पहिरोको कारण सडक एकतर्फी मात्रै खुलेको छ । नारायणगढ मुग्लिङ सडक खण्डको भालुढुङ्गा, सिमलताल, जलबिरे लगायतको स्थानमा सडक एकतर्फी मात्रै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।
प्रकाशित मिति : September 15, 2020 at 7:43 pm



