१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

काठमाडौँ उपत्यकामा एकैदिन थपिए ६७६ जना काेराेना संक्रमित

३० भदाै, काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा  उपत्यकामा थप ६७६ मा काेराेना पुष्टि भएकाे जानकारी दिए । काेराेना संक्रमितमध्ये काठमाडौंँमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।

पछिल्लाे २४ घण्टामा देशभर थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५६ हजार ७८८ पुगेको उनले बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ७७९जना रहेको छ । २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

प्रकाशित मिति : September 15, 2020 at 4:43 pm