१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मंगलबार १४५९ जनामा काेराेना संक्रमण पुष्टि

३० भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५६ हजार ७८८ पुगेको उनले बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ७७९जना रहेको छ । २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

 

प्रकाशित मिति : September 15, 2020 at 4:20 pm