गण्डकी प्रदेशमा थपिए ४७ कोरोना संक्रमित
३० भदौ, काठमाडाैँ । गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा काेराेना संक्रमितको संख्या ३ हजार १२१ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार मंगलबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा ८ जना, कास्कीको पोखरा महानगरपालिकामा ३ जना, गोरखाको शहीदलखन गाउँपालिकामा १ जना, लमजुङको बेसीसहर नगरपालिकामा १ जना, मनाङको नासो गाउँपालिकामा १ जना, स्याङ्जाको वालिङ नगरपालिकामा २ जना, आधिँखोला गाउँपालिकामा २ जना र पुतलीबजार नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति : September 15, 2020 at 12:41 pm



