अवैध गाजा ओसार पसारमा संलग्न धादिङका १ सहित २ जना स्वयम्भूबाट पक्राउ
३० भदाै, काठमाडौंँ । काठमाडौंँको स्वयम्भूबाट प्रहरीले १० किलो गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गाँउपालिका–५ घर भएका २७ वर्षीय सागर लामा र चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल रहेका छन् ।महानगरीय प्रहरी वृत्त स्वयम्भू र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई भगवानपाउ नजिकैबाट पक्राउ गरेकाे हाे । लागु औषध मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

भगवानपाउ तर्फ आउँदै गरेको बा.२ज ५७०९ नम्बरको ट्याक्सीमा गाँजा कारोबारी चढेको सुराकको आधारमा स्वयम्भू प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले उनिहरूलाई पक्राउ गरेकाे हाे । प्रहरीले ट्याक्सीलाई नियन्त्रणमा लिएर सर्च गर्दा सुवर्ण पौडेल र सागर लामाको साथबाट १० किलो गाँजा धुलो गाँजा भेटाएकाे हाे । गाँजा कारोबारमा संलग्नहरुले सो गाँजा मकवानपुरको पालुङबाट ल्याएको प्रहरीलाई बताएका छन् ।
प्रकाशित मिति : September 15, 2020 at 11:03 am



