कोरोनाबाट काठमाडाैँका ६ जनासहित १५ जनाको मृत्यु
२९ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा काठमाडौँकी ६१ वर्षीया महिलासहित ५ जना पुरुष रहेका छन् । कोरोनाबाट मृत्यु हुने पुरुषहरुमा ७७,६२,७३,८५ र ७० वर्षका छन् । यस्तै ललितपुरका ५५ वर्षिय पुरूष, भक्तपुरका ७३ वर्षिय पुरूष, रामेछापका २३ वर्षिय पुरूष, गाेरखाकी ६३ वर्षया महिला रहेकी छिन् ।
यसैगरी नवलपरासीकी ६२ वर्षया महिला, पर्साकी ५५ वर्षिया महिला, कपिलबस्तुकी ४७ वर्षिया महिला रहेका छन् । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

प्रकाशित मिति : September 14, 2020 at 5:02 pm



