१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

साेमबार ११७० जनामा काेराेना संक्रमण पुष्टि, ८७९ जना काेराेना जितेर घर फर्किए

२९ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५५ हजार ३२९ पुगेको उनले बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमण मुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

गत २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : September 14, 2020 at 4:24 pm