१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

गण्डकी प्रदेशमा थपिए ४४ कोरोना संक्रमित

२९ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार ४ जिल्ला कास्कीका ३४ जना, लमजुङका ३ जना, तनहुँका ६ जना र स्याङ्जाका १ जना छन् ।

स्याङ्जा पुतलीबजारका ८० बर्षीय महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत छन् भने पोखरा महानगरपालिका–९ का २६ बर्षीय महिला सोहि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्। पोखरा महानगरपालिका–२५ का ८ बर्षीय बालिका र १८ बर्षीय पुरुष, लमजुङ जिल्लाका तिनैजना  भारतबाट आएका हुन् भने अन्य सबै कन्ट्र्याक ट्रेसिङबाट पहिचान भएका हुन् । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।

प्रकाशित मिति : September 14, 2020 at 3:48 pm