नारायणगढ–मुग्लिन सडकको खहरे पुलनजिकै ट्रक ठोक्किँदा ६ जना घाइते
२९ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक आज बिहान ठोक्किँदा दुवै ट्रकका चालक र ट्रकमा सवार ४ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ। दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको भन्दै चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए।
प्रकाशित मिति : September 14, 2020 at 1:41 pm



