११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा काठमाडौँका ६ सहित ९ जनाको मृत्यु

२८ भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेकाे संख्या ३४५ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडाैँमा २ महिला र ४ पुरूष रहेका छन् ।

फाइल फाेटाे

काठमाडाैँमा मृत्यु हुनेहरू ६५ बर्षिय महिला २ जना,५९ बर्षिय पुरूष २ जना, ६४ बर्षिय पुरूष र ७० बर्षिय पुरूष रहेका छन् । त्यस्तै माेरङका ६९ बर्षिय पुरूष, सिन्धुपाल्चाेककाे ५९ बर्षिय पुरूष र कास्कीकी ४५ बर्षिय महिला रहेका छन् ।

प्रकाशित मिति : September 13, 2020 at 5:08 pm