५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

फेवाताल अतिक्रमण विवादः पर्यटनमन्त्री अधिकारीले विज्ञ बनाएका शाक्यको रिसोर्टको नापजाँच सुरु

२२ जेठ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पर्यटनको विज्ञ बनाएका सुनिल शाक्यले सञ्चालन गरेको वाटर फ्रन्ट रिसोर्टले फेवाताल अतिक्रमण गरेको/नगरेको विषयमा छानविन समितिले नापजाँच सुरु गरेको छ । समितिले सोमबारबाट नापजाँचको काम सुरु गरेको हो ।

सर्वोच्चको अदेशपछि छानविन समिति नै बनाएर फेवा ताल अतिक्रमणको बारेमा अनुसन्धान सुरु गरिएको हो । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको नेतृत्वमा गठित समितिले १५ दिनभित्रै प्रतिवेदन बुझाउने गरी काम सुरु गरेको छ ।

छानविन समितिले सर्वोच्चमा मुद्दा दायर गर्ने अधिवक्ता खगेन्द्र सुवेदीसमेतलाई रोहवरमा राखी काम गरिरहेको संयोजक रेग्मीले जानकारी दिए । प्रतिवेदन मन्त्रालयका सचिव मार्फत प्रधानमन्त्री कार्यालय पठाउने र त्यसपछि मुख्यन्यायाधीवक्ता मार्फत सर्वोच्च अदालतमा प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ०८:५४