११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

कुन जिल्लामा कति थपिए काेराेना संक्रमित ? (विवरणसहित)

२८ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५४ हजार १५९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ । यसैबीच आज थप ९ जनाको मृत्यु भएकाे छ । याेसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ? हेर्नुहाेस् विवरणः

प्रकाशित मिति : September 13, 2020 at 4:48 pm