११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई काेराेना संक्रमण पुष्टि

२८ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना  संक्रमण पुष्टि भएको छ। शनिबार स्वाब दिएका पोखरेलमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हाे ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना पुष्टी भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन्। महानगरको कर्मचारी संयन्त्रको नेतृत्व गर्ने पोखरेललाई कोरोना देखिएपछि महानगरको अत्यावश्यकबाहेक सेवा ५ दिन बन्द गर्ने तयारी गरिएको छ।  विराटनगरमा अहिलेसम्म १ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसेकको छ।

प्रकाशित मिति : September 13, 2020 at 4:30 pm