११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

बाघको हड्डीसहित १ जना पक्राउ

२८ भदौ, वालिङ । बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बाघको जस्तो देखिने हड्डी लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले नेपालीको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरको दोस्रो तलामा काठको ठेकीभित्र लुकाइराखेको बाघको जस्तो देखिने शरीर, टाउको, बङ्गारा, च्यापुसमेत साना तथा ठूला गरी जम्मा ८१ हड्डी बरामद गरी आज डिभिजन वन कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : September 13, 2020 at 3:21 pm