११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

होटल साहुनीद्धारा प्रहरी हवल्दारमाथि चक्कु प्रहार

२८ भदौ, काठमाडाैँ । दाङमा एक होटल सञ्चालिकाले प्रहरी हवल्दारलाई चक्कु प्रहार गरी घाइते बनाएकी छिन्। जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत् प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री ती महिलाको चक्कु प्रहारबाट घाइते भएका हुन्।  टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

घाइते हवल्दारको लगायत शरीरका विभिन्न भागमा चोट पटक छ,’ चन्दले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि उहाँ डिस्चार्ज भइसक्नु भएको छ।’अहिले प्रहरी हवल्दारलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ ।

 ‘प्रहरी हवल्दारले रक्सी सेवनगरी ति महिलालाइ तिम्रो पनि श्रीमान् छैन र मेरो पनि श्रीमती छैन भन्ने कुरा गरेपछि आवेशमा आएर होटल साहुनीले चक्कु हानेको भन्ने कुरा छ,’ एक प्रहरी अधिकृतले भने। घाइते प्रहरी हवल्दार खत्री, चक्कु प्रहार गर्ने होटल साहुनीलाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ।  घटनाबारे अनुसन्धान भइरहेकोछ ।

प्रकाशित मिति : September 13, 2020 at 1:33 pm