११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

२८ भदौ, काठमाडाैँ । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितको सङ्ख्या २ हजार ९३५ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।

काेराेना संक्रमितमध्ये स्याङ्जाको बिरुवा गाउँपालिकाका २ जना, पुतलीबजार नगरपालिकाका २ जना, कास्कीको पोखरा महानगरपालिकाका २ जना, लमजुङको सुन्दरबजार नगरपालिकाका १६ जना, बेसीसहर नगरपालिकाका १ जना, तनहुँको भानु नगरपालिकाका १ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ६ जना, मध्यबिन्दु नगरपालिकाका १ जना र हुप्सेकोट गाउँपालिकाका १ जना रहेका छन्।

प्रकाशित मिति : September 13, 2020 at 9:03 am