सिन्धुपाल्चो पहिरो अपडेटः तीन जनाको शव भेटियाे, उद्धारकार्य जारी
२८ भदौ, काठमाडौँ। सिन्धुपाल्चोकाे बाह्रबीसे नगरपालिका–७ घुम्थाङको पहिरोमा वेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएकाे छ । गएराति भीरखर्कबाट सुरु भएको पहिरोले विशेष गरेर डाँडागाउँ र नागपुजेमा क्षति पुर्याएको नगर प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।भीरखर्कका १० घर बगाएकाे छ भने ३ जनाको शव भेटिएको छ । तल नागपुगेमा पनि ८ घर बगाएको छ । १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोमा यति नै क्षति भयो भन्ने अवस्था छैन,” उहाले भन्नुभयो ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । अहिले पनि घटनास्थलमा ठूलो पानी परिरहेकाले उद्धारमा कठिनाई भएको शेर्पाले जानकारी दिए । केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।
प्रकाशित मिति : September 13, 2020 at 8:49 am



