११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

१५ वर्षीया बालिका बलात्कार गर्ने सप्तरीका बालक पक्राउ

२७ भदौ, सप्तरी । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो ।

फाइल फाेटाे

आरोपितलाई गाउँलेले घटनास्थलबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो । घाँस काट्न गएकी बालिकालाई एकान्त देखेर आरोपितले नियन्त्रणमा लिई पोखरीको डिलमा झाडी भएको स्थानमा लगी बलात्कार गरेको पीडितले बालिकाले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : September 12, 2020 at 7:34 pm