११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

२४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

२७ भदाै, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमले दिएको जानकारी अनुसार प्रदेश १ मा एक जना, प्रदेश नम्बर २ मा एक जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ४ जना र प्रदेश ५ मा २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : September 12, 2020 at 4:35 pm