शनिबार १२०१ जनामा काेराेना संक्रमण पुष्टि
२७ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५३ हजार १२० पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ३७ हजार ५२४ पुगेको छ ।
प्रकाशित मिति : September 12, 2020 at 4:32 pm



