११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

भक्तपुरमा एकै परिवारका ३ जना मृत भेटियो, हत्याको आशंका

२६ भदाै, काठमाडाैँ । भक्तपुरमा एकै परिवारका ३ जनाको शव भेटिएकाे  छ। मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका ३ जनाको शव भेटिएकाे  प्रहरीले जनाएको हो। मृत भेटिएकामध्ये  सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त रहेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

फाइल तस्वीर

उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : September 11, 2020 at 7:32 pm