११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

कुन जिल्लामा कति थपिए काेराेना संक्रमित (विवरणसहित)

२६ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडाैँका ६२० जना , ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जना रहेका छन् । याेसँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५१ हजार ९१९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १९१ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ६३४ जना रहेका छन् ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै आज १० हजार ७०१ जनाको पीसीआर परीक्षण भएको छ।

नेपालमा कोरोनाबाट हालसम्म ३२२ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै ५ जनाको मृत्यु भएको छ।

हेर्नुहाेस् कुन जिल्लामा कति थपिए काेराेना संक्रमितः

प्रकाशित मिति : September 11, 2020 at 5:06 pm