५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि पुनः भारत लगियो

२१ जेठ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि पुनः भारत लगिएको छ ।

निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि भारतमा उपचार गरेर फर्किएको भोलि पल्टै पुनः आन्तरिक रक्तश्राव भएपछि थप उपचारका लागि भारतको मेदान्त अस्पताल लगिएको ग्राण्डी इन्टरनेशनल अस्पतालले जनाएको छ ।

उनिसंगै ग्राण्डी अस्पतालका डा. रोहित चौधरी र छोरा राजीव घिमिरे पनि भारत गएका छन् । आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई जेठ ९ गते उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार २०:२९