११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

बुटवलमा १ काेराेना संक्रमितको मृत्यु

२६ भदाै, बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप १ जना काेराेना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउंपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।

फाइल फाेटाे

भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत  पुरुषको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । मृत्यु भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।

प्रकाशित मिति : September 11, 2020 at 1:33 pm