११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

बागलुङमा पहिराेले पुर्दा १ जना बेपत्ता

२६ भदौ, गलकोट । बागलुङको बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एक जना बेपत्ता भएका छन् । बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिराले तरकारी बारीमा काम गर्दै आएका बडिगाड –१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

फाइल फाेटाे

स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ ।

प्रकाशित मिति : September 11, 2020 at 1:16 pm