चितवनका ४० जनासहित थपिए ५४ काेराेना संक्रमित
२६ भदौ, काठमाडौँ । चितवनमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका ४० जना सहित ५४ जना काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

काेराेना संक्रमण पुष्टि भएकामध्ये चितवनका ४० जना र अन्य जिल्लाका १४ जना रहेका छन् । काेराेना संक्रमण पुष्टि हुने अन्य जिल्लामा नवलपरासी पूर्वका ५ जना, बाराका १ जना, रुपन्देहीका १ जना, तनहुँका २ जना, मकवानपुरका २ जना र गोखाका ३ जना रहेका छन् ।
प्रकाशित मिति : September 11, 2020 at 12:34 pm



