११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

झापा केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

२६ भदौ, झापा ।  झापामा ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएकाे छ। बिहान ९ः३० मा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपाल-भारत सीमा नजिक गएको भूकम्पकाे वरपर धक्का महशुस भएको जानकारी आएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । यो पराकम्प नभएर भूकम्प नै भएको अधिकारीको भनाइ छ । यसअघि २४ गते  बुधबार  धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

प्रकाशित मिति : September 11, 2020 at 11:35 am