११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

पाँच सयमा प्रेस पास बिक्री गर्नेमा कोरोना पुष्टि, पक्राउ गर्न गएका दुई प्रहरी पनि संक्रमित

२६ भदाै, काठमाडाैँ । काठमाडाैँको बागमजारमा पत्रकारको नक्कली परिचयपत्र बनाएर पाँच सयमा बेच्ने व्यक्तिले प्रहरीलाइ नै कोरोना सारेको देखिएको छ । प्रहरीले छापामारी थुप्रै नक्कली परिचयपत्रसहित पक्राउ गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि डिउटीमा खटिएका प्रहरीको स्वाब परीक्षण गरिएको थियो । उक्त स्वाब परीक्षणमा दुइ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुइ प्रहरीमा पुष्टि भएको कोरोना तीनै पक्राउ परेका व्यक्तिबाट सरेको अनुमान गरिएको छ । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुई जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको महानगरीय प्रहरी अपराध महाशाखा स्रोतले जनाएको छ । यसअघि बागबजारबाट तीन जना नक्कली परिचयपत्र बनाउन संलग्न हुने र एक जना परिचयपत्र किन्न जाने व्यक्ति पक्राउ परेका थिए ।

प्रकाशित मिति : September 11, 2020 at 9:53 am