११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौँका २ सहित थप ५ जनाको मृत्यु

२५ भदाै,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो।

फाइल फाेटाे

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३१७ पुगेको छ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४९५ जना , ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जना गरी काठमाडाैँ उपत्यकामा थप ५७२ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

प्रकाशित मिति : September 10, 2020 at 5:06 pm